पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौ, १३  भदौ । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए।

दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो। काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन्। डा. शाक्यले उनमा उच्च रक्तचापको समस्या रहेको जनाए।

यस्तै गत भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको उनले बताए। मृतकमध्ये काठमाडौंकी महिलाको भने हिजै शव व्यवस्थापन गरिएको र भक्तपुरकी महिलाको भने शव व्यवस्थापन गर्ने तयारी गरिएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board