विश्वभर १ करोड ७२ लाख ८५ हजार कोरोना संक्रमित निको

काठमाडौं, १३ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या २ करोड ४८ लाख ९७ हजार २८१ पुगेको छ ।
चीनको वुहान राज्य हुँदै विश्वभर भर तिव्र गतिमा फैलिएपनि कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै गएको छ ।पछिल्लो तथ्यांकअनुसार ६९ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् ।
अहिले विश्वभरी २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् ।

संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् । उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् । ५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६० लाख ९४ हजार ५५७ जना मानिस संक्रमित हुँदा १ लाख ८५ हजार ८७३ जनाले ज्यान गुमाएका छन् । ३३ लाख ७१ हजार ५९२ जनाले कोरोनालाई जितेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति