आफन्त सम्पर्कविहीन : कोरोना संक्रमितको शव तीन दिनदेखि अस्पतालमै

विराटनगर, १२ भदौ । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ३ दिनदेखि अस्पतालमै राखिएको छ ।

मंगलबार राति विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएका महोत्तरीका ६१ वर्षका पुरुषको आफन्त सम्पर्कविहीन छन् भने शव व्यवस्थापनमा स्थानीय प्रशासन पनि मौन बसेको छ ।

अस्पतालका डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतका अनुसार मृतकको कुरुवाको रुपमा छोरा अस्पताल आएका थिए । तर मृत्युपछि छोरा पनि सम्पर्कविहीन भएका छन् ।

बुधबारदेखि शव व्यवस्थापनमा पहल गरे पनि परिवारका सदस्य सम्पर्कविहीन भएकाले कठिन भएको उनको भनाइ छ ।

ती पुरुष साउन ३१ गते अस्पताल भर्ना भएका थिए । भदौ ३ गते कोरोना संक्रमण परीक्षणका लागि स्वाबको नमुना पठाइएकामा ७ गते कोरोना रिपोर्ट आउँदा संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि संक्रमितलाई अस्पतालले आइसोलेसनमा राखेर उपचार गर्दा गत मंगलबार भदौ ९ गते राति करिब ११ बजे उनको मृत्यु भएको थियो ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापन स्थानीय प्रशासनले गर्दै आएको छ ।

तर मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला शव व्यवस्थापनका लागि समन्वय भइरहेको बताउँछन् ।

मृतक पुरुष महोत्तरीको भएकाले महोत्तरी प्रशासनसँग समन्वय गरिरहेको उनको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति