नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ हजार पुग्ने अनुमान

काठमाडौं, १२ भदौ।  कोरोना भाइरस महामारी (कोभिड–१९) बाट नेपालमा यो वर्षको अन्त्यसम्ममा करिब ५० हजारको ज्यान जान सक्ने एक अध्ययनले देखाएको छ । अक्स्फोर्ड विश्वविद्यालय, अक्स्फोर्ड नीति व्यवस्थापन लगायतले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा मृतक संख्या ४९ हजार पुग्ने अनुमान गरेको हो ।

‘मोडलिङ अफ कोभिड–१९ स्ट्राटेजिज इन नेपाल’ नामक उक्त अध्ययन प्रतिवेदनले संक्रमित संख्याको २५ प्रतिशतको ज्यान जाने बताएको हो । यो संख्या नेपालले अवलम्बन गर्ने रणनीतिमा भर पर्ने पनि प्रतिवेदनमा भनिएको छ । यदि नेपालले मध्यम किसिमको रणनीति अवलम्बन गरेमा मृतक संख्या ४४ हजारमा सीमित गर्न सकिने प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै उच्च अवरोधक रणनीति अपनाएमा करिब ३३ हजारमा मृतक संख्या झार्न सकिने प्रतिवेदनले देखाएको छ । यो संख्या सम्पूर्ण संक्रमित संख्याको १९ प्रतिशत हुन आउने प्रतिवेदनमा उल्लेख छ । नेपालमा हालसम्म कोरोनाबाट १९५ को ज्यान गइसकेको छ । त्यस्तै ३६ हजार ४५६ मा संक्रमण पुष्टि हुँदा २० हजार २४२ निको भइसकेका छन् ।

अध्ययन प्रतिवेदन हेर्न याे लिङ्क ‘मोडलिङ अफ कोभिड–१९ स्ट्राटेजिज इन नेपाल’ मा क्लिक गर्नुहाेस्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board