विप्लव कार्यकर्ता निउरे पक्राउ

काठमाडौं, १२ भदौं । विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य केशव निउरेलाई प्रहरीले पक्राउ गरेको छ ।

ताराखोला गाउँपालिका–५ घर भएका निउरेलाई प्रहरीले बिहीबार राति उनकै निवासबाट पक्राउ गरेको हो । राति ८ बजे निउरेको घरमा पुगेका सादा पोसाकका प्रहरीले उहाँलाई पक्राउ गरेको परिवारका सदस्यले बताएका छन् ।

प्रहरीले उनलाई जथाभावी चन्दा सङ्कलन गरेको आरोप लगाएको छ तर श्रीमती सरस्वती कँडेलका अनुसार उनी खाना खाएर घरमै बसेको बेला पक्राउ परे। पछिल्लो समय नेकपाले चन्दा लगायतका गतिविधि नगरेको परिवार स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार निउरेमाथि थप अनुसन्धान भइरहेको छ । यथेष्ट प्रमाण नभेटिएकाले खोजी भइरहेको समेतउनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board