नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १९५ पुग्यो

काठमाडौं, १२ भदौ । नेपालमा कोरोना भाईरसबाट ज्यान गुमाउनेहरुको कुल संख्या १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मृतकमा ४ महिला र ८ पुरुष रहेको मन्त्रालयका प्रवक्तागौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा देशभरमा ९२७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १–१ जना रहेका छन् ।

आज ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । यो अवधिमा १०,२२९ वटा नमुनाको परीक्षण गरिएकोमा १६९ जना सङ्क्रमणमुक्त देखिएका छन् । गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए । गौतमका अनुसार एक चिनियाँ नागरिकसहित देशभरि १९५ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।

अहिले देशभरि १६,०१९ जनामा सक्रिय संक्रमित रहेका छन् । थपिएका सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकामा ४१५ जना हुन् । अहिलेसम्म २०,२४२ सङ्क्रमितहरू निको भईसकेका छन् । देशभरि क्वारन्टीनमा ८,९३९ जना छन्। तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा हुनेको सङ्ख्या बढी छ।

त्यस्तै, उपत्यकामा कोरोना संक्रमितको संख्या दर निरन्तर बढिरहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ५४ जना र लतिलपुरमा ११ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकामा स्रोत पहिचान नभएका संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयका प्रवक्ता डा। गौतमले जनाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board