२४ घण्टामा थपिए ९२७ जना संक्रमित, कुल संख्या ३६,४५६ पुग्यो

काठमाडौं, १२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभरि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३६,४५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो अवधिमा १०,२२९ वटा नमुनाको परीक्षण गरिएकोमा १६९ जना सङ्क्रमणमुक्त देखिएका छन् । गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए । गौतमका अनुसार एक चिनियाँ नागरिकसहित देशभरि १९५ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।

अहिले देशभरि १६,०१९ जनामा सक्रिय संक्रमित रहेका छन् । थपिएका सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकामा ४१५ जना हुन् । अहिलेसम्म २०,२४२ सङ्क्रमितहरू निको भईसकेका छन् । देशभरि क्वारन्टीनमा ८,९३९ जना छन्। तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा हुनेको सङ्ख्या बढी छ।

उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण
उपत्यकामा कोरोना संक्रमितको संख्या दर निरन्तर बढिरहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ५४ जना र लतिलपुरमा ११ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकामा स्रोत पहिचान नभएका संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board