युरोपेली आयोगले कोरोना विरुद्धको खोप खरिद गर्न सम्झौता गर्‍यो

निकोसिया, १२ भदौ । युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग सो सम्झौता गरेको जनाईएको छ ।

युरोपेली आयोगका स्वास्थ्य तथा खाद्य सुरक्षासम्बन्धी प्रमुख स्टेला क्रियाकिदेशले उक्त कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा बिहीबार सो सम्झौता गरेका हुन् ।

प्रमुन निकोसियाले उक्त कम्पनीसँग खोप खरिद गर्ने विषयमा आफूले सम्झौतामा हस्ताक्षर गरेको एक टेलिभिजन सम्बोधनका क्रममा जानकारी दिए । सो सम्बन्धी सम्झौतापत्रमा बिहीबार आयोगको कार्यालय परिसरमा नै हस्ताक्षर भएको पनि उनले बताए ।

यो सम्झौता पत्रमा उक्त कम्पनीसँग युरोपेली आयोगले ३० करोड भायल खोप किन्ने बारेमा सहमति गरेको हो । उक्त खोप युरोपेली युनियनले खरिद गर्न सक्नेछ । सम्झौता पत्रमा उक्त खोपहरु युरोपेली युनियनका सदस्य राष्ट्रहरुले नै खरिद गर्न पाउने छन् । उक्त कम्पनीले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर सो खोप उत्पादन गर्ने बताएको हो । यो खोप कोरोना भाइरसका विरुद्धमा दिइने छ । उक्त खोप ट्रयलमा रहेको छ । कोभिड १९ का खोपहरु अरु देशहरुले पनि विकास गरिरहेको बताएका छन् तर पनि अरुभन्दा यो बढी प्रभावकारी देखिएको बताइन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board