चितवन, १२ भदौ । चितवनको भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको निधन भएको छ । गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा ३८ बर्षीय पुरूषको मृत्यु भएको हो ।
आईसीयूमा उपचाररत गोरखा नगरपालिका -१३ का उनी भदौ ६ गते अस्पतालमा भर्ना भएका थिए । ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । चितवनमा शुक्रबार मात्रै कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ ।
COMMENTS