बलिउड निर्देशक हनी त्रेहन कोरोना संक्रमित

काठमाडौं, १२ भदौ । बलिउड फिल्मका निर्देशक हनी त्रेहन कोरोना संक्रमण पुष्टि भएको छ । रात अकेली है’ फिल्मबाट उनले निर्देशनमा डेब्यु गरेका थिए । निर्देशक हनी आफैले सामाजिक सञ्जालमा मार्फत यो कुरा बाहिर ल्याएका हुन् ।

उनले ट्वीट गदै कोरोना भाइरस टेष्ट पोजेटिभ आएको छ’जानकारी दिए । हनीले विगत दश दिनयता आफ्नो सम्पर्कमा आउने जति सबैलाई कोरोना टेष्ट गराउन अपिल समेत गरेका छन् ।हनीले आफुलाई भएको कोरोना पोजेटिभको बारेमा बिएमसीलाई समेत जानकारी दिएका छन् ।

यो फिल्म नावाजुद्दी सिद्दीकी र राधिका आप्टेको थियो । यसको अलवा उनले ‘कमान्डो ३’, ‘मणिकर्णिका – द क्वीन अफ झाँसी’, ‘फुकरे रिटन्र्स’, ‘हिन्दी मिडियम’, ‘फोर्स २’, ‘उड्ता पञ्जाव’, ‘तलवार’ जस्ता सुपरहिट फिल्ममा कास्टिङ गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board