विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १२ भदौ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा लहान–९ खुट्टीपारि घर भएकी दिर्घरोगी ६५ वर्षीय बृद्ध महिलाको उपचारको क्रममा मृत्यु भएको छ । विरामीलाई आइसोलेशनमा राखेर उपचार भइरहेको अवस्थामा स्वास्थ्य अवस्था थप गम्भिर बन्दै गएपछि उनलाई ४ घण्टा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

दिर्घरोगी रहेकी ती महिलाको स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा अस्पतालले स्वाब परीक्षण गरेपछि बिहीबारनै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मृतकको शव लहान ल्याउने तयारी भइरहेको बताइएको छ । योसँगै सिरहामा कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति