धनीको सम्पत्तिमा झनै वृद्धि, भारतका अम्बानी विश्वका शिर्ष पाँच धनी व्यक्ति

काठमाडौं – कोरोनाभाइरस महामारीको कारण धेरैले जागिर गुमाउनु परेको छ । जीडीपीमा भारी गिरावट आएसँगै लाखौंको रोजगर गुमेको छ । तर यही बेला विश्वका पाँच सय शिर्ष धनीहरुको सम्पत्ति जनवरीदेखि अहिलेसम्म १४ प्रतिशतले बृद्धि भएको खबर छ ।

यो वर्ष विश्वभर ५०० सबैभन्दा धनि व्यक्तिहरुको सम्पत्ति ८०९ अर्ब डलरले बढेको छ । अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसको सम्पत्ति ८७.१ अर्ब डलरले बढेको छ । जबकी एलन मस्कको ७३.६ अर्ब डलरले बढेको छ । योसँगै विश्वका सवैभन्दा धनी व्यक्तिको रुपमा रेकर्ड बनाएका जेफ बेजोसको सम्पत्ति दुईसय अर्ब डलर (२०० बिलियन डलर) नाघेको छ ।

टेस्ला इन्कको शेयरमा उछाल आएपछि कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एकसय एक अर्ब डलर भएको छ । त्यसैगरी, फेसबुकका संस्थापक मार्क जुकरबर्ग अगस्टको सुरुमा एकसय बिलियन डलरको क्लबमा सामेल भएका थिए । बुधबार उनको सम्पत्ति ८.५ अर्ब डलरले बढेको छ ।

भारतका मुकेश अम्बानी विश्वका शिर्ष पाँच धनी व्यक्ति
मुकेश अम्बानी यो महिना विश्वका शिर्ष पाँच धनी व्यक्तिमा सामेल हुन सफल पहिलो एशियाली भएका छन् । यो वर्ष उनको सम्पत्ति २२.५ अर्ब डलर ९१६७१.६७ अरब भारतिय०रुपैयाँले बढेको छ ।

सम्पत्ति बृद्धि हुनुमा अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजको टेक कारोबारमा फेसबुक र सिल्भर लेक जस्ता कम्पनीले हालै गरेको लगानी सबैभन्दा ठुलो कारण रहेको बताईएको छ ।

यो पनि
२ खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board