आज राति इंग्ल्यान्ड र पाकिस्तानको आमनेसामने

कामठाडौं, १२ भदौ । आजबाट इंग्ल्यान्ड र पाकिस्तानबीचको ३ खेलको टी-२० क्रिकेट सिरिज सुरु हुँदै छ । खेल म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा राति पौने ११ बजे सुरु हुने बताईएको छ ।

इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानी टोली सुखद नतिजा निकाल्ने दाउमा छ। तीन खेलको टेस्ट सिरिज १–० ले गुमाएको ऊ सुखद नतिजा निकाल्दै स्वदेश फर्किन चाहन्छ।

शुक्रबार सुरु हुने टी–२० सिरिजमा ओपनर ब्याट्सम्यान जेसन रोय उपस्थित हुने छैनन्। जसको फाइदा लिने मौका पाकिस्तानलाइ छ।

टी–२० सिरिज तयारी क्रममा मांसपेशीमा चोट लागेका रोयले जारी सिजनसँगै इन्डियन प्रिमियर लिग ९आईपीएल० पनि गुमाउने छन्। रोय आईपीएलमा दिल्ली क्यापिटल्समा समावेश थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति