झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

झापा, १२ भदौ । झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको ज्यान गएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको आज विहान ४ बजे मृत्यु भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन । समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि ती बृद्ध पनि संक्रमणमा परेका हुन् । उनको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको र उनलाई मेची प्रादेशिक अस्पतालको आइसोलसेसनमा राखिएको बताईएको ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति