तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना : सतर्क हुन आग्रह

काठमाडौँ, १२ भदौ । उत्तरी बंगालको खाडीमा रहेको न्यून चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट आएको जलवाष्फ युक्त हावाको प्रभावका कारण हाल नेपालमा वर्षा भइरहेको छ ।

मंगलबार बिहान (अहिले) देशभर सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले बिहानीपख देशभर सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ। साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली बिस्तारै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिएको मौसमविदले बताएका छन्।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति