कोरोना बिरुद्धका कुन भ्याक्सिन कुन अवस्थामा ? नेपाल प्रयोग गरिने औषधीबारे यस्तो भन्छन् डाक्टर

कोरोना महामारीबाट छुटकरा पाउन अब भ्याक्सिन नै आउनुपर्छ भन्ने त हामीलाई थाहा भइसक्यो। तर, आम मानिसको जिज्ञासा भने भ्याक्सिन नआएसम्म बिरामी सन्चो हुने कुनै औषधि छैन ? संसारभरि कुन औषधि बढी प्रयोग भइरहेका छन् ? कुन औषधिले कस्तो काम गरेको छ त ?
‘सामान्य लक्षण छ, अलि ज्वरो छ, अलि अलि खोकी लागेको छ, तर रगतमा अक्सिजनको मात्रा ठिक छ, श्वासप्रश्वास पनि ठिक छ भने औषधि नखाए पनि ठिक हुने डाक्टरहरुले बताउदै आएका छन् ।

संक्रमित बिरामीको रगतमा अक्सिजनको मात्रा कम भयो र श्वासप्रश्वासमा समस्या आउन थाल्यो भने निश्चित औषधि चलाउनुपर्ने र विभिन्न कोभिड उपचार अस्पतालहरुमा समेत उक्त विधिलाई पनि अवलम्वन गरिएको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।

यस्तो छ कोरोना महमारी रोक्न विभिन्न देशहरुले निमार्ण गरेका औषधीहरु
१७०
अहिले कोरोनाबिरुद्धका १७० वटा भन्दा धेरै भ्याक्सिनहरु प्रि क्लिनिकल अवस्थामा छन् । ती भ्याक्सिनहरु या त जनावरमा परीक्षण भइरहेका छन्, या त ल्याबमा परीक्षणका क्रममा रहेका छन् ।

सात प्रकारका भ्याक्सिनहरु अहिले पहिलो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । पहिलो चरणको परीक्षण अन्तरगत केही थोरै स्वास्थ्य व्यक्तिमा भ्याक्सिन परीक्षण गरिन्छ ।
१२
विभिन्न १२ प्रकारका भ्याक्सिनहरु अहिले दोश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । यो चरणमा बिरामीको उच्च जोखिममा रहेका लगायतका वृहतमात्रामा भ्याक्सीनको परीक्षण गरिन्छ । पहिलो चरणको तुलनामा धेरैजनामा परीक्षण गरिने भएपनि तेश्रो चरणको तुलनामा भने कममा परीक्षण गरिन्छ ।


विभिन्न सात प्रकारका भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । यो चरणमा दशौं हजारमा भ्याक्सीनको परीक्षण गरिन्छ । यो परीक्षणको अन्तिम चरण हो । यो चरणपछि भ्याक्सिनले प्रयोगका लागि आपतकालिन स्वीकृति पाउनसक्छ ।


अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइएको छैन । यो चरणमा पुगेपछि भ्याक्सिनलाई आमरुपमा प्रयोगका लागि स्वीकृति दिइन्छ । तर त्यसका लागि भ्याक्सिन सुरक्षित र प्रभावकारी सावित हुन जरुरी छ ।

१३१९४
अहिलेसम्म अमेरिकाको मोडेर्ना कम्पनीले उत्पादन गरेको भ्याक्सिन तेश्रो क्लीनिकल परीक्षण अन्तरगत १३ हजार १ सय ९४ जनालाई दिइसकिएको छ । यो भ्याक्सिन तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा तीसहजारलाई दिइनेछ ।

के औषधी विश्व स्वास्थ्य संगठनले स्वीकृत नदिने बेला सम्म कसरी उपचार भएको छ त ?

यस्तो अवस्थामा केही औषधिले बिरामीलाई फाइदा पुगेको अन्तर्राष्ट्रिय अनुभवले देखाएको छ। सबभन्दा बढी फाइदा ‘डेक्सामेथासोन’ भन्ने औषधिबाट भएको छ ।

‘यो एक किसिमको स्टेरोयड हो। यो औषधि नेपालमा धेरै पहिलेदेखि प्रयोग हुँदै आएको छ । यो दिनमा एकचोटि लगाउने इन्जेक्जन हो। बजारमा यसको अभाव छैन। यो इन्जेक्सन सस्तो पनि छ। संक्रमित बिरामीको रगतमा अक्सिजन कम हुनेबित्तिकै यो इन्जेक्सन चलाउनुपर्ने सरूवारोग विशेषज्ञ डा. अनूप सुवेदीले बताए ।

उहाले केही दिनअघि सांसद गगन थापासँग सामाजिक संजालमा गरेको कुराकानीमा यस्तो छ ।

‘कोरोना संक्रमण हुँदा मानिसको शरिरमा रगत जम्छ। यसले फोक्सोमा समस्या ल्याउँछ। जीवनमै खतरा पनि हुन सक्छ,’ उनले भने, ‘रगत जम्ने समस्या निवारण गर्न रगत पातलो बनाउने इन्जेक्सन प्रयोग गर्नुपर्छ।’ ‘रेमडेसिभिर भन्ने एन्टिभाइरल औषधि पनि चलाएको पाइएको छ। एन्टिभाइरल औषधिहरूमा कोरोना बिरामीलाई फाइदा हुन्छ कि भनेर देखिएको यही एउटा हो। अहिलेसम्मको प्रयोगबाट यो औषधिले जुन मान्छे निको भएका छन्, ती चाँडो निको भएका छन्। उनीहरूको शरीरमा भाइरल लोड पनि कम देखिएको छ। मृत्युदर नै घटाएको भने पाइएको छैन,’ उनि बताउछन् ।

कुराकानीकै वीच संसाद थापासंग डा. सुवेदीले संक्रमित बिरामीलाई गरिने ‘प्लाज्मा थेरापी’ को पनि चर्चा पनि गरेका छन् ।

संक्रमण भएर निको भइसकेका व्यक्तिको रगतमा भाइरससँग लड्ने प्रोटिन (एन्टिबडी) बनेको हुन्छ। त्यही प्रोटिनयुक्त रगतको प्लाज्मा झिकेर नयाँ संक्रमितलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी हो। यसले संक्रमित व्यक्तिको शरीरमा भाइरस मर्छ र रोग निको हुन्छ भन्ने यो थेरापीको मान्यता हो।
‘यो विधिबाट पहिले पनि धेरै रोगको उपचार गरिन्थ्यो,’ उनले भने ‘एन्टिब्याक्टेरियल औषधि बन्नुअघि थुप्रै ब्याक्टेरियल रोगको उपचार यसैगरी गरिन्थ्यो।

इबोलामा पनि यो विधि प्रयोग भएको छ।’ यसले कोरोनको सन्दर्भमा कति फाइदा हुन्छ र बिरामीको ज्यान जोगाउँछ कि जोगाउँदैन भन्ने प्रस्ट नभइसकेको पनि बताए । ‘निको भइसकेका व्यक्तिसँग सरकारी स्तरमै प्लाज्मा आह्वान गर्न सकिन्छ। प्लाज्मा दिँदा कसैलाई केही हानि हुन्न। यो भनेको रक्तदान गरेजस्तै हो। ब्लडप्रेसर वा डाइबिटिज भएका बिरामीले पनि दिन डराउनुपर्दैन,’ उनि बताउछन् । जवाफमा डा. सुवेदीले भने, ‘कोरोना भ्याक्सिन बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भइरहेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board