भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

काठमाडौ, ११ भदौ । पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना भाइते भएका छन् ।

दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

अरनिको राजमार्गअन्तर्गत जगातीबाट साँगातर्फ जाँदै गरेको ट्यांकरले भक्तपुरतर्फ आउदै गरेको भ्यानलाई बाँसघारीमा ठक्कर दिँदा मिनिभ्यानका सहचालक मोरङ अमरदहका गाउपालिका–८ घरभइ हाल काठमाडौं जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी गम्भिर घाईते भएका छन् ।

मिनिभ्यानमा सवार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उहाँका १९ महिने छोरा मेडिज तामाङ घाइते भएका छन् । घाइतेको डा इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र सहचालक राजवंशीको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए। दुर्घटनापछि फरार ट्यांकर चालकको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति