सवारी तोडफोडमा संलग्न थप चार जना पक्राउ

काठमाडौं,११ भदौ । पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् । ना ५ ख १६५० नं को ट्रकमा बुधबार राति ढुङ्गामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले चार युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–२ घर भई हाल व्यास–१ बस्ने १९ वर्षीय मनिष श्रेष्ठ, व्यास–१ बस्ने २७ वर्षीय अनुप दुरा, व्यास–१ नयाँबस्ती बस्ने २२ वर्षीय नकुल गुरुङ र व्यास–६ घर भइ व्यास–१ बस्ने १८ वर्षीय सुरेन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

जग्गा उत्खनन् गर्ने सवारी नियन्त्रणमा

म्याग्दे गाउँपालिका–४ मनहरिमा मनोज श्रेष्ठको जग्गा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले दुई एक्साभेटर नियन्त्रणमा लिएको छ । अवैधरुपमा उत्खनन् हुँदै गरेको सूचनाका आधारमा प्रहरीले उक्त एक्साभेटर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारवाहीका लागि गाउँपालिका कार्यालय पठाइएकामा गाउँपालिकाले सम्बन्धित धनीलाई रु ५० हजार जरीवाना गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board