काठमाडौं, १० भदौ । नेपालमा बितेको २४ घण्टामा १ हजार १११ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पूरुषमा संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा ३७७ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ३७७ जना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
COMMENTS