‘भयावह’ बन्दै कोरोना: आज विहान मात्रै थप ८ जनाको मृत्यु

काठमाडौं, ११ भदौ । नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण दर निरन्तर बढिरहेको छ । सरकारले निषेधाज्ञा लागु गरे पनि कोरोना संक्रमण दर घट्नुको सट्टा झनै बढेरेको गएको छ । हिजो मात्रै कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने आज विहान मात्रै नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।

आज कोरोना संक्रमणका कारण गर्भवतीसहित ८ जनाको ज्यान गएको हो । आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एक जना गरी थप ६ जनाको ज्यान गएको हो । बाराको हर्दिया९४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीका ६२ वर्षका पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा ज्यान गएको हो ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका९२ जानकी नगरकी ७० वर्षकी वृद्ध र कपिलवस्तु नगरपालिका-१ का ५० वर्षका पुरुषको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिएका छन् । यस्तै कास्कीको पोखरा महानगरपालिका-११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक सह-प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । यसैगरी बुटवलमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई लुम्बिनी प्रादेशिक अस्पतालकै कोरोना संक्रमणमुक्त डा. साजन श्रेष्ठले रगत दिएर प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । साउन २६ गते कोरोना पोजेटिभ देखिएकी महिला साउन ३१ गते कोरोना अस्पतालमा भर्ना भएकी थिइन् । उच्च रक्तचापको समस्या समेत रहेकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गए राति पनि कपिलवस्तुको तौलिहवाका ५० वर्षीया पुरुषको मृत्यु भएको थियो ।

आज विहान मात्रै कोरोना संक्रमणका कारण नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज उप-महानगरपालिका ७ की ७० वर्षिया महिलाको मृत्यु । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board