दक्षिण कोरिया, ११ भदौ । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा गत मार्च यताकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार यस अवधिमा ४ सय ४१ जना नयाँ संक्रमित फेला परेका हुन् ।
यो संख्या गत मार्च यता एकैदिनमा भेटिएका सबैभन्दा धेरै नयाँ संक्रमितको हो । दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न किसिमका योजना अघि सारिए पनि दैनिक नयाँ संक्रमितको संख्या भने बढ्दो क्रममा देखिएको छ ।
अगष्ट १४ को तुलनामा दैनिक संक्रमितको संख्या तीन गुण बढिसकेको अधिकारीहरुले जनाएका छन् । हाल दक्षिण कोरियामा १० जनाभन्दा धेरै मानिसको भेलामा रोक लगाइएको छ । यसका साथै सिनेमा, क्याफे र विवाह समारोहमा पनि रोक लगाइएको छ ।
COMMENTS