कोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै नतिजा


काठमाडौं, ११ भदौ। स्कटल्याण्डमा कोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै नतिजा आउने भएको छ ।

स्कटल्याण्डको स्वास्थ्य सेवाले लुमिराडीएक्स कम्पनीसँग परीक्षण गरेको १२ मिनेटमै नतिजा दिनेगरी सम्झौता गरेको बीबीसीले जनाएको छ । सम्झौता गरेसँगै अब कोरोना परीक्षणको लागि विशेष किट प्रयोग गर्न बाटो खुलेको खबरमा उल्लेख छ ।

यसको लागि त्यहाँको सरकारले ३ सय द्रुत गतिको मेसिन र पाँच लाख परीक्षणको लागि ६७ लाख पाउन्ड खर्च गरेको छ । १२ मिनेटमै परीक्षणको नतिजा दिने मेसिनलाई सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति