प्रत्येक आठमध्ये एक जना विरामी अस्पतालबाटै संक्रमित हुन थालेपछि..

बेलायत, १० भदौ । बेलायतमा हजारौं मानिस अस्पतालबाटै कोरोना संक्रमित हुनसक्ने वैज्ञानिकहरुले गरेको एक अध्ययनले देखाएको छ ।

किङ्स कलेज लण्डनले बेलायतका १० र इटालीको एक अस्पतालमा गरेको अध्ययनमा त्यहा उपचाररत् प्रत्येक आठमध्ये एक बिरामी अस्पतालमै संक्रमण भएको पाइएको छ । अध्ययनका क्रममा उनीहरुले अप्रिल २८ सम्म १५ सय संक्रमितहरुको आकडा केलाएका थिए । त्यतिबेला बेलायतमा कोरोना संक्रमण उच्च तहमा पुगेको थियो ।

प्रमुख अनुसन्धानकर्ता डा. बेन कार्टरका अनुसार अधिकांश विरामी पहिलेदेखि नै अस्पतालमा थिए । अनुसन्धानमा अस्पताल भर्ना भएको १५ दिन वा त्योभन्दा धेरै दिनपछि संक्रमित भएकाहरुलाई मात्र अस्पतालबाट संक्रमित भएको मानिएको छ । अस्पतालमा भर्ना भएको ५ देखि १४ दिनको अवधिममा संक्रमित भएकालाई पनि स्वीकार्ने हो भने यस्तो अनुपात २३ प्रतिशतमा पुग्ने वैज्ञानिकहरुको ठम्याइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति