‘सरकारले कोरोना रोकथाममा प्रभावकारी काम गर्न सकेन’

काठमाडौं, १० भदौ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका छन् । काठमाडौं उपत्यकाभित्र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास सम्बन्धमा काठमाडौं उपत्यकाका सांसदहरुबीच भएको छलफलमा सांसदहरुले सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका हुन् ।

उपत्यकाभित्र अहिलेसम्म क्वारेन्टाइन निर्माण गर्ने, आइसोलेसन निर्माण गर्ने, आईसीयू बेड र भेन्टिलेटरको संख्या बढाउने विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरुको भनाइ छ । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले आईसीयू बेड र भेन्टिलेटरको संख्या बढाउन सरकारले चासो नदिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जीवनराम श्रेष्ठले संस्थागत आइसोलेसनको संख्या बढाउनुपर्नेमा जोड दिए । उलने अहिले काठमाडौं उपत्यकामा रहेका संक्रमितलाई होम आइसोलेसनमा राख्ने कुरा भइराखेको बताए । बढी जनघनत्व भएको ठाउँमा होम आइसोलेसनमा राख्दा जोखिम बढ्नेतर्फ सरकारको ध्यान नगएको उनले बताए । होम आइसोलेसनले परिवार र समुदायमा संक्रमण फैलाउने सम्भावना बढी भएकाले संस्थागत आइसोलेसनको व्यवस्थालाई नै जोड दिनुपर्ने उनले बताए । यस्तै कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिएका व्यक्तिहरुको नतिजा एक सातासम्म नआउ“दा पनि संक्रमणको दरलाई कम गर्न नसकिएको उनकोे भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर राईले अहिले पीसीआर परीक्षणका लागि एक साता अघि स्वाब लिइएकाहरुको नतिजा आएको र निषेधाज्ञा जारी भएपछिको आइनसकेको भन्ने बुझिएको बताए । त्यसैले निषेधाज्ञाको प्रभाव कोरोना नियन्त्रणमा कस्तो परेको छ भन्ने अबको दुई तीन दिनमा मात्रै देखिने उनले बताए । उनले पीसीआरको नतिजा कुरिराख्ने स्थितिको अन्त्य गरी तत्काल नतिजा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की संसाद रामकुमारी झाँक्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकम खर्च गर्दा अख्तियार लाग्छ कि भन्ने डर स्थानीय तहका जनप्रतिनिधिमा भएको बताए । सोही कारण प्रर्याप्त मात्रामा क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको निर्माण हुन नसकेको उनले बताए । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले उपत्यकाभित्र कोभिड १९ को संक्रमणको दर बढ्दै गएको अवस्थामा संघीय सांसदहरुको भूमिका थप प्रभावकारी बनाउने विषयमा जोड दिनुभयो । छलफलको संयोजन समेत गर्नुभएका सांसद प्रधानले स्थानीय तहलाई सघाउन र सचेतना बढाउने विषयमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board