कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुग्यो

काठमाडौं, १० भदौ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु भएको हो । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । कोरोनाबाट बितेको २४ घण्टामा मृत्यु हुनेको संख्या अहिले सम्मकै सर्बाधिक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

मृत्यु हुनेमा कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका गौतमले बताए । यसैगरी काठमाडौं उपत्यकासहित देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने काठमाडौं मात्र ३०१ जना नयां कोरोना संक्रमित थपिए उनले बताए । यससँगै देशभर संक्रमितको कुल संखया ३४ हजार ४१८ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति