उपत्यकामा एकैदिन ३०१ जनामा कोरोना संक्रमण

काठमाडौं, १० भदौ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जनाए ।

थप ८८५ जना संक्रमित,  ११ जनाको मृत्यु
गत २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । २४ घण्टामा कोरोना संक्रमणबाट निको भएर ३८५ जना घर फर्किएका छन् ।

हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन् । अहिलेसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतले जनाए ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ६,३५,२५२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरि १४,७३९ जनामा सक्रिय सङ्क्रमण रहेको छ । त्यस्तै, सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्। त्यस्तै, देशभरि क्वारन्टीनमा ९,८३२ जना छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board