तीन वर्षका लागि पेड्रोको रोमसँग सम्झौता

कामठाडौं, १० भदौ । सिरि ए क्लब रोमाले पेड्रोसँग तीन वर्षको सम्झौता गरेको छ । सिजन सकिए लगत्तै लण्डन क्लब चेल्सी छाडेका पेड्रोलाई रोमाले तीन वर्षका लागि अनुबन्धन गरेको हो ।

उनी फ्रि–ट्रान्सफर अन्तर्गत सिरि ए क्लबमा आबद्ध भएका हुन् । अनुबन्धनपछि पेड्रोले रोमा क्लब आउन पाउँदा आफू निकै अनुग्रही भएको बताएका छन् । उनले नयाँ चुनौतीलाई लिएर निकै उत्सुक भएको र आउने सिजन क्लबको लक्ष्य पूरा गर्न लागिपर्ने बताएका छन् । पेड्रोले आफ्नो फुटबल करियरमा २५ मुख्य उपाधि जितेका छन् । जसमा विश्वकप, युरो कप र च्याम्पियन्स लिग समावेश छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board