चितवनको आइसोलेसनबाट भागेका संक्रमित युवा नुवाकोटमा समातिए

काठमाडौं, १० भदौ । मंगलबार बिहान चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित नुवाकोटमा पक्राउ परेका छन् । भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका ती युवा बुधबार बिहान नुवाकोट बेलकोटगढी ५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकरी दिए। उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको उनले बताए। प्रहरीकाअनुसार उनी साइलक चढेर चितवनबाट त्यहाँ पुगेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति