वीरगञ्ज, १० भदौ । वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाका अनुसार मंगलबार राति कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएदेखि नै उनलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको थियो । उपचारकै क्रममा भदौ ९ गते राति ८ बजेर ५ मिनेटमा उनको मृत्यु भएको थियो ।
त्यसैगरी विश्रामपुरका ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौलारोगी उनमा स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा ल्याइएको थियो । उनको मंगलबार राति १०ः ४५ मा मृत्यु भएको डा. अतुलेश चौरसियाले जनाएका छन् ।
COMMENTS