चितवनमा ५ वर्षका बालकसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, १० भदौ  । चितवनमा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा ४४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ४४ जनामा ५ वर्षका एक बालक, ८ वर्षकी एक बालिका र ७१ वर्षकी एक महिला छन् ।

भरतपुर क्यान्सर अस्पतालका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार विहान थपिएका ४४ जनामध्ये ४० जना चितवनकै हुन् ।

योसँगै चितवनमा ४ सयभन्दा बढी कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् । पछिल्लो समय चितवनमा अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board