कैलालीमा कोरोना संक्रमित ४५ बर्षीय पुरुषको मृत्यु

कैलाली , १० भदौ  ।  कैलालीमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुष रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको मंगलबार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकिएको छ ।  बुधबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार भइरहेको उनमा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति