बुधबार राजधानीका यी स्थानमा काटिदैछ विद्युत्

काठमाडौं, ९ भदौ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा बुधबार विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा रुखका हागाबिगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसािर बुधबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणका अनुसार सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सितापाइला, इचगुँनारायण, पद्यमा कोलेनी, भिमढुङ्गा, नर्सरी भन्ज्याङ, छत्रे देउरालीलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले ती स्थानमा विद्युत् काटिदा उपभोक्तालाई परेको असुविधाप्रति क्षमा मागेको सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिए। प्राधिकरणले समय अगावै काम सकिए लाइन पुनः सञ्चालनमा आउने जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति