चौधौं महाधिवेशनले ततायो माहोल: के भन्छन् कांग्रेस नेताहरु ?

नेपाली कांग्रेसको नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति तय भएदेखि नै नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा शुरु भएको छ । अर्कातर्फ पार्टी महाधिवेशनको तयारी र सभापति शेरबहादुर देउवाका कतिपय निर्णयबारे चर्को असन्तुष्टि छ । यसै विषयमा काँग्रेसका प्रभावशाली पाँच नेताहरुसँग नेपाल पेजका लागि ध्रुव अधिकारीसपना थामीले गरेको कुराकानीको मूलअंशः

‘पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्छ’
प्रकाशमान सिंह, नेता

शेरबहादुर देउवा पार्टी सभापति भईसकेपछि उहाँलाई जिम्मेवारी त थियो नि, उहाँले गर्नसक्नुपथ्र्यो नि त । तर उहाँले आफ्नो कार्यकालमा काम गर्न सक्नुभएन, यो त प्रष्टै छ नि मैले भनिराख्न पर्दैन । उहाँ असफल नेताको रुपमा अहिले उहाँ चिनिनुहुन्छ ।

शेरबहादुर देउवा पार्टी सभापति भईसकेपछि उहाँलाई जिम्मेवारी त थियो नि, उहाँले गर्नसक्नुपथ्र्यो नि त । तर उहाँले आफ्नो कार्यकालमा काम गर्न सक्नुभएन, यो त प्रष्टै छ नि मैले भनिराख्न पर्दैन । उहाँ असफल नेताको रुपमा अहिले उहाँ चिनिनुहुन्छ । ईलेक्सनमा पनि काँग्रेसको पर्फमेन्स राम्रो भएन, संगठनमा पनि १४ औं महाधिवेशनको तिथिमिति तोकिसकेपछि पनि पार्टीलाई आफ्नो कब्जामा राख्ने कोसिस गरिराख्नुभएकोे छ ।

विभागहरु जो कि, महाधिवेशन भएको केही महिना मै गठन गरिसक्नुपर्नेमा उहाँ ४ वर्षे कार्यकाल पूरा गरेर १ वर्ष कार्यकाल थपेर अहिले गठन गरिंदैछ । पहिल्यै गरिसक्नुपर्ने कामहरु अहिले महाधिवेशनको मिति तोकिसकेपछि अधिवेशनलाई प्रभाव पार्नेगरी यसो गर्न त मिल्दैन नि । पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्छ । १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी उहाँ (देउवा) जे गरिरहनुभएको छ, यो प्रजातान्त्रिक अभ्यास भएन नि । यो ठिक भएन । यो डेमोक्रेटिक पार्टी हो । उहाँहरुलाई लाग्ला, यिनीहरु कराउँदै गर्छन्, हामी चाही गर्दै जान्छौं यो हुन सक्दैन ।

‘देउवालाई सभापतिमा हराउन सक्ने म मात्रै छु’
सशांक कोईराला, महामन्त्री

पहिलो, पार्टीलाई एक बनाऔं । अहिले धेरै गुट, उपगुट छन् । शेरबहादुरजीले गुट चलाउनुभयो । उहाँ त सबैको सभापति हो नि । नेपाली काँग्रेसको सभापति हो नि । म जिल्ला–जिल्लाका धेरै मान्छेहरुसँग छलफल गर्दैछु । जिल्ला नेताहरुसँग छलफल गर्दैछु । शेरबहादुर देउवालाई सभापतिमा हराउन सक्ने अरु कोही छैन, म मात्रै छु । रामचन्द्र पौडेल लगायत अरु कसैले हराउन सक्दैन, शेरबहादुर देउवाजीलाई ।

गुट, उपगुट हुनु स्वाभाविक हो महाधिवेशनमा । तर महाधिवेशनपछि गुट, उपगुट रहनुहुन्न, पार्टी सम्पूर्णरुपमा एक हुनुपर्यो नि, जुन शेरबहादुर देउवा जीले आजको दिनसम्म पनि गर्नसक्नुभएन । यो तेरो मान्छे, यो मेरो मान्छे भन्ने ? सबै उहाँकै मान्छे हुन् नि । नेपाली काँग्रेस हुन् ।

‘पार्टी एक भएर प्रजातान्त्रिक पद्धति अनुरुप नै अगाडि बढ्छ’
सुजाता कोईराला, नेतृ

नेपाली काँग्रेसमा जति नै मनमुटाव भए पनि अन्त्यमा मिल्छ, हामी त मिल्छौं । जति विवाद भएपनि । हाम्रा संस्थापक नेताहरुले, अग्रज नेताहरुले हामीलाई त्यही सिकाउनुभएको छ, पार्टीलाई बलियो बनाउ, एक बनाउ, मजबुत बनाउ । पार्टीलाई बलियो बनायौं भने देश पनि बलियो हुन्छ ।

डेमोक्रेसीमा पार्टीहरु कमजोर भयो भने, डेमोक्रेसी बाँच्छ ? मेरो पार्टी बाँच्छ ? बाँच्दैन नि । कुनै दल पनि फुट्नुहुँदैन, स्ट्रङ् हुनुपर्छ भन्छु म । कुनै पनि दल कमजोर भएको देख्न चाहदैन नेपाली काँग्रेस । नेपाली कााग्रेस डेमोक्रेसीमा विश्वास राख्छ । मल्टी पार्टी डेमोक्रेसीलाई हामी सेभ गर्न चाहन्छौं, पार्लमेन्ट्री सिस्टमलाई हामी सेभ गर्न चाहन्छौं । नेपालको स्थायित्वको लागि सबै पार्टीहरु मिलेको नै राम्रो हुन्छ । नेपाली काँग्रेसमा जति नै मनमुटाव भए पनि अन्त्यमा मिल्छ, हामी त मिल्छौं ।

जति विवाद भएपनि । हाम्रा संस्थापक नेताहरुले, अग्रज नेताहरुले हामीलाई त्यही सिकाउनुभएको छ, पार्टीलाई बलियो बनाउ, एक बनाउ, मजबुत बनाउ । पार्टीलाई बलियो बनायौं भने देश पनि बलियो हुन्छ । महाधिवेशनमा यस्ता बहसहरु हुन्छन्, विचारहरु हुन्छन् तर अन्त्यमा पार्टी एक भएर अगाडि बढ्छ, पार्टी प्रजातान्त्रिक पद्धति अनुरुप नै अगाडि बढ्न, बढ्नपर्छ ।

‘पार्टीभित्र विधि र पद्धति अभ्यास गर्ने परिस्थति र मनस्थिति भएन’
अर्जुननरसिंह केसी, नेता

पार्टीलाई नेताप्रधान होइन, नीतिप्रधान बनाऔं । पार्टीलाई व्यक्तिप्रधान होइन, संस्थाप्रधान बनाऔं । विधि, विधान र पद्धतिअनुरुप चल्ने लोकतान्त्रिक संस्था निर्माणका निम्ति अझै धेरै मिहेनत गर्न बाँकी छ । किनकी, पार्टीभित्र लोकतान्त्रिक अभ्यास भएन, पार्टीभित्र विधि र पद्धति अभ्यास गर्ने परिस्थति र मनस्थिति भएन । पार्टीभित्रै सुशासन र पारदर्शिता भएन भने त्यो पार्टीले राष्ट्रिको नेतृत्व गर्दा त्यो पार्टीको प्रतिबिम्ब सरकारमा पनि पर्छ, नेतृत्वमा पनि पर्छ । यसकारण राष्ट्रको सुशासनको निम्ति पार्टीभित्रै सुशासन, पारदर्शिता र सुधारको आवश्यकता हो ।

चाहे नेपाली काँग्रेसभित्रको होस्, चाहे नेकपा पार्टीको । अहिले नेकपाभित्र पनि नेपाली काँग्रेसको जस्तै विधिविहीनताको अवस्था छ, यसको अन्त्य होस् । पार्टी विधि र पद्धति अनुसार अगाडि बढोस् । अहिले हामीलाई नेपाली जनताले ५ वर्षका लागि प्रमुख प्रतिपक्षको भूमिकामा राखेका छन्, हामी प्रतिपक्षमा बस्छौं, सरकार नेकपाले चलाओस् । हामी सरकारमा जादैनौं, हामी हाम्रा कमीकमजोरीहरुलाई सुधारौं, अगाडि बढौँ । म मूल नेतृत्वलाई मात्रै दोष दिने पक्षमा छैन, हाम्रा पनि केही कमीकमजोरी होलान्, यसलाई सुधारौं, लोकतान्त्रिक विधि र पद्धतिबाट अगाडि बढौं ।

‘मलाई त नेपाली काँग्रेसको नेता भनेर भन्न पनि लाजै लाग्छ’
मदन बहादुर अमात्य, नेता

सुवर्णशमशेर जस्तो त्यागी नेताले बनाएको पार्टी यो । गणेशमान सिंह जस्तो त्यागी र लौह पुरुषले बनाएको पार्टीको हालत हेर्नुस् त यहाँ कस्तो छ आज ? अधिवेशन, अधिवेशन, अधिवेशन । एउटा विभाग गठन गर्न लाग्यो, भाँडभैलो छ । मलाई त लाजै लागेर आउछ, नेपाली काँग्रेसको नेता भनेर भन्न पनि लाजै लाग्छ ।

मलाई घरीघरी साह्रै दुःख लाग्छ । नेपालमा सरकारै छैन जस्तो लाग्छ । अलि कडा होला, मैले बोल्दाखेरी तर बोल्ने गर्याछु नेपालमा कहिले पनि जनताको सरकार आएन, जहिले ठेकेदार मात्रै आयो । यो देश नै ठेकदारले चलाएको जस्तो लाग्छ । कमिशनको भरमा कति पैसा आउँछ, उसैलाई ठेक्का दिने । मर्ला त अझ दुख लाग्छ, आफ्नो पार्टी नेपाली काँग्रेस देखेर । यस्तो बेला हाम्रा पार्टीका कोही–कोही नेताहरु महाधिवेशनको कुरा गर्छन् ।

कति हतार पदको लागि कति हतार ? यो देशमा के भैरहेको छ यस्तो बेला ? कोरोनाको महामारीले भयावह स्थिति भइरहँदा पनि हाम्रा दलका नेताहरु, यस्तो बेला नेपाली काँग्रेस जस्तो जिम्मेवार पार्टीले बीपीले बनाएको पार्टी यो, कृष्णप्रसाद भट्टराईले बनाएको पार्टी यो ।

सुवर्णशमशेर जस्तो त्यागी नेताले बनाएको पार्टी यो । गणेशमान सिंह जस्तो त्यागी र लौह पुरुषले बनाएको पार्टीको हालत हेर्नुस् त यहाँ कस्तो छ आज ? अधिवेशन, अधिवेशन, अधिवेशन । एउटा विभाग गठन गर्न लाग्यो, भाँडभैलो छ । मलाई त लाजै लागेर आउछ, नेपाली काँग्रेसको नेता भनेर भन्न पनि लाजै लाग्छ । साँच्चै भन्या ।

यस्तो बेला कोही अधिवेशन गर्न सक्छ देशैभरमा सम्भव छ ? वाईयात कुरा ! जनता उत्तरदायित्व खै ? यस्तो बेला सरकारले यसो गर भनेर सरसल्लाह गर्नुपर्छ, छलफल गर्नुपर्ने, कडाभन्दा कडा विरोध गर्नुपर्ने । यस्तो पनि प्रमुख प्रतिपक्षी दल हुन्छ ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board