उपत्यकामा आज मात्रै थपिए २३२ संक्रमित

काठमाडौं, ९ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा मात्रै १९९,जना रहेका छन् ।

काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

देशभर हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ५३३ रहेको छ भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board