डडेल्धुरामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा,९ भदौ । मंगलवार सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कारोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ६६ जनाको कोरोना परीक्षण गरिएका मध्ये ५० मा संक्रमण पुष्टि भएको हो ।

अस्पताल प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भुसालले कोरोना पुष्टि हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका २, अछामको बान्नीगढी जयगढ गाउपालिकाका १७, कञ्चनपुर शुक्लाफाटा नगरपालिकाका ८, बझाङ्ग छब्बिस पाथिभाराका ६ र दुर्गाथलीका २ जना, कैलालीको बर्दगोरीया गाउँपालिकाका ४,जना रहेको जानकारी दिए ।

घोडाघोडी नगरपालिकाका ७ र जानकी गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको संगै ६ सय १६ नतिजा भने नेगेटिभ आएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति