‘नागरिकमा जिम्मेवारी बोध भएन’

कोभिड–१९ को संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा छ । संक्रमितको उपचारमा खटिएका डाक्टर, नर्स तथा अन्य सहयोगी कर्मचारीहरु पनि उपचारकै क्रममा संक्रमित समेत भएका छन् । तर अग्रपंक्तिमा खटिने तिनै स्वास्थ्यकर्मी मात्र हैन सुरक्षाकर्मीसमेत समाजमा संक्रमणसँग जोडेर निन्दित भएका छन् ।

गत साता काठमाडौं मध्यबानेश्वरमा एक होस्टलमा बसेका डाक्टरलगायतका स्वास्थ्यकर्मीहरुलाई टोलवासीले बस्न नदिने भन्दै नाराजुलुस गरी त्यहाँबाट हटाउन माग गरेका थिए । त्यो घटनाको चौतर्फी रुपमा निन्दा पनि भयो । अस्पताल जाँदा डाक्टरले उपचार गर्नुपर्ने तर डाक्टर टोल छिमेक वा होस्टलमा सुरक्षित तरिकाले बस्न नपाउने सोच समाजमा कसरी उत्पन्न भयो ? यसै सन्दर्भमा रहेर त्रिभुवन विश्वविद्यालय सामाजशास्त्र केन्द्रिय विभागका प्रमुख तथा समाजशास्त्री डा. युवराज लुईंटेल र नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. लोचन कार्कीसँग अनन्त अनुरागले गरेको सम्वादको संक्षिप्त अंशः

महामारीको बेला समाजका गतिविधि हेर्दा राज्यको नागरिकप्रतिको दायित्व र नागरिकको राज्यप्रतिको दायित्व पूरा हुन सकेको देखिन्छ ?
डा.लुईंटेल : समाजशास्त्रको विद्यार्थीको हिसावले नेपाली समाजको चरित्रको कुरा गर्दा गएको तीन दशकमा नेपाली समाज राजनीतिक– समाजिक उथलपुथल भएर यहाँसम्म आइपुग्यो । व्यवस्था परिवर्तन हुँदैं आए पनि समाजमा अमनचयन हुनसकेको छैन । नेपाल धेरै राजनीतिक प्रयोगबाट गुज्रिनु परेको कारणले नेपाली समाजले अझै पनि एउटा आकार ग्रहण गरी सकेको छैन । समाज दिशानिर्देश हुन, अनुशासन बस्न सिक्दैजाने क्रममा छ । खासगरी पञ्चायती व्यवस्थापछि नेपाली समाज विभिन्न उतारचढावबाट गुज्रिनुपरेको कारणले गर्दाखेरी अहिले हेर्दा तत्कालिन समाज स्थिरतातिर गएको देखिए पनि गतिशिलता अझै नेपाली समाजले लिन सकेको छैन । यसको सानो उदाहरण राजनीतिक नेतृत्वमा आउन नसकेको गतिशिलता हो ।

नेपाली समाज अशान्तिबाट शान्तितिर गइरहेको छ, तर गति समात्न नसकेको एक किसिमको संक्रमणकालको अवस्था रहेको हुनाले समाजप्रति विरोधाभासहरु, केही हुनु नपर्ने कुराहरु, अनपेक्षित कुराहरु पनि घटित हुने गरेका छन् । र जुन विषय तपाईले आज उठान गर्न खोज्नुभएको छ, नेपाली समाजको तीन दशकको गतिविधि बुझ्ने प्रयास गर्यो भने त्यस्ता प्रकारका सामाजिक प्रवृतिहरु त्यसपछिको अर्काे अभिव्यक्ति हो भने मेरो बुझाइ हो । नागरिक समाजले सरकारलाई हेर्ने दृष्टिकोण र सरकारले नागरिक समाजलाई हेर्ने दृष्टिकोणमा सुस्पष्टता आउन नसक्नु पनि एक कारण हो ।

महामारीको बेला चिकित्सकहरुप्रति भैरहेको आक्रमण तथा दुव्र्यवहारलाई कसरी लिनुभएको छ ?
डा. कार्कीः अहिलेको अवस्थामा चिकित्सक, स्वास्थ्यकर्मीहरु भनेको आफू र आफ्नो परिवारलाई जोखिममा राखेर अस्पतालमा काम गरिरहनु भएको छ । र, सबैले बुझ्नुपर्ने कुरा के हो भने उहाँहरु कसका लागि काम गरी राख्नुभएको छ ? तपाईं हामी आमनागरिकहरुको लागि नै हो । सीमित साधन र स्रोतका बीच काम गरिरहनुपरेको अवस्था र जुन किसिमको दुव्र्यवहारका घटनाहरु समाचारमा आइरहेका छन्, त्यसले चिकित्सकहरुको मनोबल बढाउनुको सट्टा उल्टै मनोबल गिराउने काम भैरहेको छ । यस्ता किसिमका गतिविधि एकदमै निन्दनीय छन् । नेपाल चिकित्सक संघ यसको घोर निन्दा र भत्र्सना गर्दछ ।

काठमाडौंमा जुन घटना भयो, त्यो एउटा प्रतिनिधि घटनामात्र हो, यो भन्दा अगाडि सुनसरी, बीरगञ्ज र चितवनमा पनि यस्ता घटना भएका छन् । पटक पटक चिकित्सकहरुमाथि हातपात हुने, अस्पताल तोडफोड हुँदै आइरहेको पनि हो । पछाडि फर्केर हेर्दा यस्ता किसिमका घटना २०६२ सालपछि अलि बढेको देखिन्छ । यस्ता घटनाहरु बढ्न थालेपछि चिकित्सक संघको पहलमा स्वास्थ्यकर्मी सुरक्षा ऐन पनि आएको छ । तर, यो ऐन र नियमावली आए पनि व्यवहारमा त्यति लागू भएको देखिदैंन । ऐन भए पनि निरन्तर यस्ता किसिमका घटनाहरु भइनैरहे । ऐन लागू भएर कार्यान्वयन नभएपछि अहिले हामी स्वास्थ्य क्षेत्र नै असुरक्षित भएको महसुस गरेका छौं । स्वास्थ्य क्षेत्र शान्ति क्षेत्रको रुपमा घोषणा हुनुपर्छ हाम्रो माग छ ।

आज स्वास्थ्यकर्मी डराएर बस्नुपर्ने अवस्था छ । स्वास्थ्यकर्मीहरुले निर्धक्कसाथ काम गर्ने अवस्था छैन । घटनाक्रमले चिकित्सकहरु बडो दर्दनाक र एक्लो महसुस गरिरहेको अवस्था छ । अन्य देशतिर चिकित्सकहरुलाई कसैले छुनै सक्दैन, हातपात गर्ने बित्तिकै कति वर्षसम्म जेल हाल्ने कडा कानून छ । भारतमा पनि मोदी सरकारले कोभिड–१९को बीचमा यस्ता किसिमका घटना भएपछि डाक्टरहरुलाई हातपात गर्नेहरुलाई कडा कानूनी दायरामा ल्याउने कानून ल्याएको छ । त्यसैले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका चिकित्सकहरुमाथि हातपात भएमा त्यस्ता गतिविधिमा संलग्नलाई गैर जमानती कानूनको दायराभित्र ल्याउनु पर्दछ ।

यस्ता किसिमका घटना २०६२ सालपछि अलि बढेको देखिन्छ । यस्ता घटनाहरु बढ्न थालेपछि चिकित्सक संघको पहलमा स्वास्थ्यकर्मी सुरक्षा ऐन पनि आएको छ । तर, यो ऐन र नियमावली आए पनि व्यवहारमा त्यति लागू भएको देखिदैंन । ऐन भए पनि निरन्तर यस्ता किसिमका घटनाहरु भइनैरहे । ऐन लागू भएर कार्यान्वयन नभएपछि अहिले हामी स्वास्थ्य क्षेत्र नै असुरक्षित भएको महसुस गरेका छौं ।

यस्तो महामारीको बेला पनि सरकारले चिकित्सक तथा पेशाकर्मीलाई पर्याप्त मात्रामा सुरक्षाको प्रत्याभूति गराउन नसकेको हो ?
डा.कार्कीः पहिलो पटक लकडाउन सुरु भएपछि त्रिवि शिक्षण अस्पतालका डाक्टरहरु विरामी उपचार गरेर घर जाने बखत बाटोमा कुटिएका छन् । सुरक्षाको प्रत्याभूति छैन । बेला बेलामा चिकित्सकहरुको मनोबल गिराउने काम भई नै रहेको छ । अहिले चिकित्सकहरुले भत्ता पाएका छैनन्, सुरक्षा पाएका छैनन्, डेरा छिर्ने बेलामा घरपेटीले रोकेर छिर्न पाएका छैनन् । क्वारेन्टिनमा बसेका डाक्टरहरुलाई वरीपरीका मान्छेहरुले रोक्न लगाउन खोजेका छन् । अनुमान गर्नुस् त, यदि चिकित्सक पेशाकर्मी समाजलाई हाम्रो कारणले अप्ठयारो हँुदोरहेछ भनेर घरमै बसीदियो भने के हुन्छ ? यस्तो महामारीको बेला चिकित्सकहरुले धर्म छोडका छैनन् । आवश्यक सामग्री नहुँदा पनि काम गरिरहेका छन् ।

चिकित्सकहरु जीवन र मृत्युको दोसाँधमा बसेका छन् । यस्तोबेला चिकित्सकहरुको मनोबल बढाउनुको सट्टा उल्टै यस्ता किसिमको दुर्घटनाले चिकित्सकहरुको मनोवल टुटेको छ । विदेशतिर यस्तो बेला डाक्टरहरुलाई अस्पतालबाहिर ताली बजाएर, दीप प्रज्ज्वलन गरेर सम्मान व्यक्त गरिरहेका छन् । तर हामीकहाँ चिकित्सकहरुलाई छिःछिः र दुरदुर गर्ने काम एकदमै नाजायज छ । यो केवल चिकित्सकहरुलाई मात्र भन्दिन, अरु कतिपय मानिसहरुलाई जसलाई कोभिड पोजिटिभ छ, तिनीहरुलाई पनि यस्ता किसिमका दुव्र्यवहार गरेका छन् यो एकदमै निन्दनीय छ । त्यस्ता व्यक्तिहरुले हेक्का राख्नैपर्छ, कोभिडको शिकार जो कोही पनि हुनसक्छ ।

अहिले चिकित्सकहरुले भत्ता पाएका छैनन्, सुरक्षा पाएका छैनन्, डेरा छिर्ने बेलामा घरपेटीले रोकेर छिर्न पाएका छैनन् । क्वारेन्टिनमा बसेका डाक्टरहरुलाई वरीपरीका मान्छेहरुले रोक्न लगाउन खोजेका छन् । अनुमान गर्नुस् त, यदि चिकित्सक पेशाकर्मी समाजलाई हाम्रो कारणले अप्ठयारो हुँदोरहेछ भनेर घरमै बसीदियो भने के हुन्छ ?

अहिले चिकित्सकहरुले भत्ता पाएका छैनन्, सुरक्षा पाएका छैनन्, डेरा छिर्ने बेलामा घरपेटीले रोकेर छिर्न पाएका छैनन् । क्वारेन्टिनमा बसेका डाक्टरहरुलाई वरीपरीका मान्छेहरुले रोक्न लगाउन खोजेका छन् । अनुमान गर्नुस् त, यदि चिकित्सक पेशाकर्मी समाजलाई हाम्रो कारणले अप्ठयारो हँुदोरहेछ भनेर घरमै बसीदियो भने के हुन्छ ?

डाक्टरले उपचार गरिदिनुपर्छ भनेर चाहना राख्ने, तर डाक्टर, चिकित्सक पेशाकर्मीलाई आफनो घर, टोलमा बस्न नदिने यो समाजको कस्तो मानसिकता हो ?
डा. लुईंटेलः यसका दुईवटा पाटाहरु छन् । नेपाली समाजमा चेतनास्तर धेरै माथि उठेको छ । यो बढ्नमा धेरै कुराहरुको सर्पोट होला, शिक्षाको विस्तार होला, विश्व व्यवस्थासँग नेपालको एक्सपोजरको कुराहरु जोडिएर होला । आन्दोलनहरुले पनि नेपाली समाजको चेतना स्तरमा बृद्धि हुनमा भूमिका खेलेको होला । यसमा दुविधा मान्नुपर्ने कुरा छैन ।

यतिको चेतना स्तर बृद्धि भएको समाजमा आफनो आफनो जिम्मेवारीको बोध हुन्छ, त्यो हुन नसकेको, आफैले व्यवहारमा उर्ताने जुन बोध हुन्छ, त्यो व्यवहारमा उतार्ने बोध पटक्कै नभएको, अरुलाई ज्ञान उपदेश दिन सक्ने तर आफूले व्यवहारमा उतार्नुपर्यो भने त्यसमा खडा उत्रिन नसक्ने ! यो खालको विराधाभास अवस्थामा नेपाली समाजबाट गुज्रिरहेको छ ।


यतिको चेतना स्तर बृद्धि भएको समाजमा आफनो आफनो जिम्मेवारीको बोध हुन्छ, त्यो हुन नसकेको, आफैले व्यवहारमा उर्ताने जुन बोध हुन्छ, त्यो व्यवहारमा उतार्ने बोध पटक्कै नभएको, अरुलाई ज्ञान उपदेश दिन सक्ने तर आफूले व्यवहारमा उतार्नुपर्यो भने त्यसमा खडा उत्रिन नसक्ने ! यो खालको विराधाभास अवस्थामा नेपाली समाजबाट गुज्रिरहेको छ । जुन घटना बानेश्वरमा भएको छ, त्यहाँ सामाजका सम्भ्रान्तवर्ग नै हुनुहुन्थ्यो होला । उहाँहरु प्नि अरुलाई उपदेश दिनै नै खालको हुनुहुन्थ्यो होला नि ! सरकारलाई प्रश्न गर्न सक्ने, मिडियालाई प्रश्न गर्न सक्ने खालकै नागरिकबाट जिम्मेवारी बोध नभएको देखियो नि त !

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board