भारतको महाराष्ट्रमा एक भवन भत्किंदा २ जनाको मृत्यु

काठमाडौं, ९ भदौ । भारतको महाराष्ट्र राज्यस्थित रायगढमा एक पाँचतल्ले घर भत्किँदा २ जनाको मृत्यु हुनुका साथै करिब ३० जना पुरिएका छन् । ९० जना पुरिएकामध्ये ६० जनाको उद्धार भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दक्षिण मुम्बईदेखि १ सय ८० किलोमिटर टाढा महाड सहरमा सोमबार साँझ भवन भत्किएको हो । रायगढ जिल्ला प्रशासनले चारवटा उद्धार टोलीले उद्धार गरिरहेको जनाएको छ । उक्त भवनमा ४७ वटा फ्ल्याट थिए ।

भवन भत्कने क्रममा हल्लिन थाल्दा केही मानिसहरु भने बाहिर भाग्न सफल भएको बताइएको छ । भारतका गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक उद्धार र सहायताका लागि सबै निकायलाई निर्देशन दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति