कैलालीमा आइसोलेसनमा महिलाको मृत्यु,श्रीमान र छोरामा कोरोना पुष्टि

कैलाली, ९ भदौ । कैलालीमा आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ को आइसोलेसनमा बसेकी ३५ बर्षीया महिलाको मृत्यु भएको हो । मृतको स्थायी घर बझाङ हो । भारतबाट आफन्तको घरमा कैलाली आएकी थिइन् ।

उनको श्रीमान् र छोरामा सङ्क्रमण पुष्टि भइसकेको थियो, उनको भने स्वाब परीक्षण भएको थिएन’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले भने ‘अहिले कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरिसकेका छौँ ।’

भारतबाट आएकी उनी केही दिनदेखि नगरपालिकाले तयार गरेको आइसोलेसनमा रहेकी थिइन् । उनको दुवै मिर्गौलामा समस्या रहेको र नियमित डाइलासिस गर्नुपर्ने अवस्था रहेको रावतले बताए । उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति