बोक्साको आरोप लगाउने ६ जना पक्राउ

काठमाडौं, ९ भदौ । बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् ।

सोही ठाउँ बस्ने लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हातपात गरेको प्राप्त उजुरीका आधारमा उनीहरुलाई यही भदौ ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामहादुर खत्रीले बताए । पक्राउ परेका सबैलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी बोक्सीको आरोप लगाइएको मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board