बागलुङको ढोरपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ, ९ भदौ । अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­९ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट आज बिहान १ बजे खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ । प्रकाश परियारका दुई घर रहेकामा एक घरमा परिवारका अन्य सदस्य सुतेको र पूजा अर्को घरमा सुतेका अवस्थामा पहिराले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको हो । पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति