कामठाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । नेकपाले सचिवालय बैठक भदौ १३ गते का लागि बोलाएको छ । कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न उक्त बैठक बोलाईएको हो ।
प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान बालुवाटारमा भएको छलफलले सचिवालय बैठक तय गरेको हो।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेकपा विवाद समाधानका लागि साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।
तस्विर फाईल । स्रोत : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक।
स्रोतका अनुसार सचिवालय बैठकपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरूको तयारी रहेको बुझिएको छ । वरिष्ठ नेता माधव नेपाल होम क्वारेन्टिनमा बसेकाले सचिवालय बैठक १३ गते पुर्याइएको छ ।
नेपालको पिसिआर नेगेटिभ आएको थियो । गत शनिबार वरिष्ठ नेता नेपालका सुरक्षामा रहेका ९ जनाको कोरोना पोजेटिभ आएपछि उनी क्वारेन्टिनमा बसेका छ्न्।
COMMENTS