ओली-प्रचण्ड छलफलः सचिवालयको बैठक भदौ १३ गते बस्ने

कामठाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । नेकपाले सचिवालय बैठक भदौ १३ गते का लागि बोलाएको छ । कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न उक्त बैठक बोलाईएको हो ।

प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान बालुवाटारमा भएको छलफलले सचिवालय बैठक तय गरेको हो।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेकपा विवाद समाधानका लागि साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।

स्रोतका अनुसार सचिवालय बैठकपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरूको तयारी रहेको बुझिएको छ । वरिष्ठ नेता माधव नेपाल होम क्वारेन्टिनमा बसेकाले सचिवालय बैठक १३ गते पुर्‍याइएको छ ।

नेपालको पिसिआर नेगेटिभ आएको थियो । गत शनिबार वरिष्ठ नेता नेपालका सुरक्षामा रहेका ९ जनाको कोरोना पोजेटिभ आएपछि उनी क्वारेन्टिनमा बसेका छ्न्।

यो पनि
ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति