राजेश पायलको त्यो तिमी हौः दयाहाङको आँचलसंग प्रेम (भिडियो)

काठमाडौं – कोरोना महामारीकाबीच (राई ईज किङ) मेघास्टार राजेश पायल राईको ‘त्यो तिमी हौं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पायलको आवाज रहेको गीतको भिडियोमा लोकप्रिय अभिनेता दयाहाङ राई र अभिनेतृ आँचल शर्माले अभिनय गरेका छन् ।

हालै युट्युवमार्फत सार्वजनिक गरिएको भिडियोमा दयाहाङका साथमा नायिक आँचल शर्माले अभिनय गरेकी छिन् । संभवतः नायिका शर्माले आफ्नो बैबाहिक बन्धनमा बाँधिए पछिको यो पहिलो अभिनय हो । म्युजिक भिडियोको पर्दामा यो जोडीको मिलन भने निर्देशक मिलन चाम्सले गराएका हुन् ।

‘त्यो तिमी हौ‘’ बोल रहेको गीतमा अभिनेता दयाहाङ र नायिका शर्मालाई निर्देशक चाम्सले प्रेममय फिचर्ड गरेका छन् । निर्मला राई ‘परिवेश’को शब्द रचना रहेको गीतमा अर्जुन पोखरलको सँगीत रहेको छ । महराज थापाको एरेन्ज रहेको गीतमा सह-निर्देशनमा गिरिजा घिमिरे, जुनिम गहतराज कलरिस्ट, सिनेमाटोग्राफर सुदिप बराल र भिडियो संपादनमा प्रज्वलित पराजुली रहेका छन् ।

नेपालमा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन खुलेसँगै फिल्म क्षेत्रका केहि चर्चित अनुहारहरु पनि म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । म्युजिक भिडियोहरु निर्माण छायांकन शुरु भईरहेकै बेला पुनः सरकारले कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि देशका अधिकांश स्थानहरुमा निषेधाज्ञा, लकडाउन लागु गरेको छ ।

दोस्रोपटक काठमाडौं उपत्यकामा पनि हिड्डुलमा रोक लगाईएको छ । कोरोना महामारीका कारण यतिबेला नेपाली चलचित्र क्षेत्र पनि ठप्प छ । पछिल्लो समय ठुलो पर्दामा छाएका कलाकारहरु पनि म्युजिक भिडियोहरुमा चित्त बुझाईरहेका छन् । कोरोना भाईरसका कारण नेपाली चलचित्रहरुको निर्माण, छायांकन हुन सकेको छैन ।

हेर्नुहोस् भिडियो

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board