कोरोनामुक्त भईसकेकालाई साढे ४ महिनापछि फेरि संक्रमण !

काठमाडौं, ९ भदौ । हङकङमा कोरोना भाइरसबाट मुक्त भइसकेका एक व्यक्तिलाई साढे ४ महिनापछि फेरि संक्रमण देखिएको त्यहाँका वैज्ञानिकले बताएका छन् । ३० वर्षका व्यक्तिमा कोरोना संक्रमण दोहोरिएको पाउनु विश्वकै पहिलो घटना हो ।

तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक जना बिरामीकै आधारमा यसै हुन्छ भनेर निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ । यस्तै विशेषज्ञले पनि दोहोरिएर संक्रमण देखिनु निकै दुर्लभ कुरा भए पनि यो अत्यन्त गम्भीर हो भन्न नमिल्ने बताएका छन् ।

पहिलो संक्रमणबाट मुक्त हुनुअघि ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेको हङकङ विश्वविद्यालयले जनाएको छ । तर निको भएर विमानस्थलमा स्क्रिनिङ गर्ने क्रममा पुनः उनमा कोरोना देखिएको हो । तर उनमा कुनै लक्षण छैन । तर त्यस्तो प्रतिरक्षा प्रणाली कति लामो समयसम्म शरीरमा रहन्छ भन्ने कुरा यो कुरा अझै स्पष्ट नभएको वैज्ञानिकहरुले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति