महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिए, उद्धार कार्यजारी

काठमाडौँ, ९ भदौ । भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिएका छन् । एक जनाको ज्यान गएको छ ।

रायगढ जिल्लाको महाडमा सोमबार साँझ पाँच तले भवन भत्किँदा ८० देखि ९० जना हताहत भएको आशंका गरिएको छ । केही भारतीय सञ्चार माध्यमहरूले भने भत्किएको भवनबाट ६० जनाको उद्धार गरिएको जनाएका छन् । त्यहाँ अझै २५–३० जना फसेको आशंका गरिएको समाचार संस्था एएनआईले जनाएको छ । सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिएपछि केही मानिसहरू बाहिर निस्किएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति