विश्वभर १ करोड ६३ लाख ५६ हजार ८४८ जना निको (कहाँ कति निको सूचिसहित)

काठमाडौं, ९ भदौ। विश्वभर २ करोड ३८ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ४६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबारसम्म २ करोड ३८ लाख ६ हजार ७४९ संक्रमण भएको छ । संक्रमितमध्ये १ करोड ६३ लाख ५६ हजार ८४८ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ४ हजार ३२८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १६ हजार ९५० पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ५७३ जनाको मृत्यु भएको छ । ३३ लाख ८५ हजार ७५१ जना संक्रमित भएकोमा १९ लाख ९४ हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६० हजार ४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख ८८ हजार ८४६ पुगेको छ । त्यसमध्ये ३९ लाख ४३ हजार ९६० जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरूमा १ लाख ३१ हजार ६१३ जनाको मृत्यु भएको छ । ६३ लाख ८३ हजार ९१० जना संक्रमित भएकोमा ५० लाख ७३ हजार ३८६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९० हजार ७१२ जनाको मृत्यु भएको छ । ५८ लाख १५ हजार १०३ जना संक्रमित भएकोमा ४३ लाख ९० हजार ३० जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा २८ हजार ५१ जनाको ज्यान गएको छ भने ११ लाख ९९ हजार ९६१ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख २५ हजार २२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५४४ जनाको मृत्यु भएको छ । २७ हजार ४२३ जना संक्रमित भएकोमा २१ हजार ५६७ जना संक्रमणमुक्त भएका छन् ।


  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board