चितवनमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, ९ भदौ । चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना छन्। उनीहरुमध्ये २ जना पुरुष र ७ जना महिला रहेका छन्।

श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–३ का ५१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । अन्य ६ जनाले पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका हुन्। यस्तै पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलबाट स्वाब दिएका रत्ननगर–५ र १० का ३६ वर्षीय पुरुष र २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ।

त्यसैगरी राप्ती नगरपालिका–२ र ८ का ५८ र ४३ वर्षीय दुई पुरुष, २५ र ५१ वर्षीया दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ। उनीहरू राप्तीको क्वारेन्टिनमा रहेका छन्। यसैगरि पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडाकाकी ३८ वर्षीया महिला र पूर्वी नवलपरासीको गैँडाकोटकी ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।अधिकारीले जानकारी दिइन्। सोमबार कुल ४०५ वटा नमूनाको परीक्षण गरिएको थियो। चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेक‍ो छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board