२४ घण्टामा थपिए उपत्यकामा २२४ संक्रमित

काठमाडौं, ८ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा मात्रै १७७ जना रहेका छन् ।

काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board