सिरहामा एकै खाले लक्षणबाट २ दिनमा ४ जनाको मृत्यु

सिरहा, ८ भदौ । सिरहामा एकै खाले लक्षणबाट २ दिनमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटैयाका ३५ वर्षीय रामउदगार मुखिया, ३० वर्षीय जितेश मुखिया, ३८ वर्षीय श्यामदेव यादव र ६५ वार्षीय कुसेश्वर मुखिया रहेका छन् ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ कटैया गाउँमा टाउको दुख्ने, वान्ता आउने र बेहोस हुने जस्ता लक्षण देखिएका बिरामीको मृत्यु भएको हो ।

मृतकहरुले गाउँमै घरेलु मदिरा सेवन गर्दै आएको र विषाक्त रक्सीकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जानाएको छ । एकै खाले लक्षणबाट २ दिनमा ४ जनाको मृत्यु भएपछि कटैया गाउँ त्रसित बनेको स्थानीय रामदेव यादवले बताए । यसबारे बारेमा थप अनुसन्धान भइरहेको सखुवानन्कारकट्टी गाउँपालिका स्वास्थ्य शाखा प्रहरी हरिनरायण चौधरीले बताए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board