काठमाडौं, ८ भदौ । डोल्पाको ठूलीभेरी नगरपालिकामा जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी भएका छन् । प्रहरीका अनुसार आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका हुन् ।
उक्त बिरामीहरुको अहिले हेलिकप्टरबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।
ण्पहिलो खेपमा सिम्रिक एयरको हेलिकप्टरले ३ जनालाई सुर्खेत ल्याएको छ । एकै हेलिकप्टरबाट नअटेका कारण एक जनाका लागि भने छुट्टै हेलिकप्टर आउने डोल्पाका प्रहरी प्रमुख डीएसपी नारायण रञ्जितकारको भनाई छ । एक जनालाई भने नेपालगञ्ज पठाउने तयारी रहेको डीएसपी रञ्जितकारले बताए ।
COMMENTS